दफा १८१
साक्षी बुझ्न कर्मचारी खटाउन सक्ने

(१) शारीरिक अस्वस्थताका कारणले अदालतमा उपस्थित हुन नसक्ने साक्षीलाई निज रहे बसेको ठाउँमा नै गई साक्षीबुझ्नको लागि मुद्दाको कुनै पक्षले अदालतमा निवेदन दिएमा र त्यस्तो व्यहोरा मनासिब देखिएमा अदालतले निवेदनमाग बमोजिम साक्षी बुझ्नको लागि आदेश दिनेछ ।
(२) उपदफा (१) बमोजिम आदेश भएकोमा साक्षी रहे बसेको ठाँउमा अदालतको न्यायाधीश आफैँ गई वा कर्मचारी खटाई साक्षीबुझ्न वा बुझ्न लगाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम साक्षी बुझ्नको लागि न्यायाधीश वा अदालतको कर्मचारी जाँदा लाग्ने खर्च निवेदन दिनेव्यक्तिले व्यहोर्नु पर्नेछ ।